नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जिडब्लुएमको प्रिमियम विद्युतीय एसयुभी ओरा– ५ ले बजारमा उत्साहजनक प्रतिक्रिया पाएको छ। कम्पनीका अनुसार अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा– ५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको हो।
कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार ओरा– ५ प्रति देशभर ग्राहकको चासो उल्लेखनीय रूपमा बढेको छ। साेरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङमा निरन्तर वृद्धि भएको कम्पनीले जनाएको छ।
ओरा– ५ को प्रमुख आकर्षण ड्रागन आर्मर ब्याट्री हो, जसलाई जिडब्लुएमकै ब्याट्री कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको हो। कम्पनीका अनुसार आफ्नै नियन्त्रणमा गरिएको ब्याट्रीको अनुसन्धान, विकास र उत्पादनले गुणस्तर, सुरक्षा र कार्यसम्पादनमा थप विश्वसनीयता सुनिश्चित गरेको छ।
ड्रागनको खप्टाजस्तो संरचनाबाट प्रेरित डिजाइनमा आधारित यो ब्याट्रीमा थर्मल रनअवेजस्तो दुर्लभ अवस्थामा पनि तापलाई यात्रु बस्ने भागबाट बाहिरतर्फ सुरक्षित रूपमा प्रवाह गर्ने प्रणाली रहेको कम्पनीको दाबी छ। साथै पाँच तहको सुरक्षा प्रणालीले आगो, पानी, ठक्कर तथा अन्य चुनौतीपूर्ण अवस्थाबाट अतिरिक्त सुरक्षा प्रदान गर्ने बताइएको छ।
नेपालमा ओरा– ५ को मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तथा टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।