त्रिवि वार्षिकोत्सवमा मन्त्रीविरुद्ध विद्यार्थीको विरोध, स्ववियुका केही नेता पक्राउ

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रममा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का विद्यार्थीले मन्त्री पोखरेललाई भेटेर सिनेट बैठक आह्वान गर्न आग्रह गर्न खोज्दा आफूहरूलाई रोकिएको भन्दै नाराबाजी गरेका हुन्।

स्ववियु अध्यक्ष दीपक जोशीका अनुसार कार्यक्रममा सहभागी हुन खोज्ने विद्यार्थीलाई नियन्त्रणमा लिइएको थियो। उनका अनुसार स्ववियु सचिव हिक्मत बुढासहित केही विद्यार्थी पक्राउ परेका छन्। विद्यार्थीहरूले विश्वविद्यालयका निर्णय प्रक्रियामा विद्यार्थीको सहभागिता र नियमित सिनेट बैठकको माग गर्दै विरोध जनाएका हुन्।

सुझावित समाचार