पत्रकार पाण्डे परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार नियुक्त

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

पत्रकार जगदीश्वर पाण्डे परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा नियुक्त भएका छन्। पाण्डेलाई १ साउनदेखि लागू हुने गरी परराष्ट्रमन्त्री खनालले प्रेस सल्लाहकार नियुक्त गरेका छन्। परराष्ट्र मन्त्रालयले मंगलबार यो जानकारी सार्वजनिक गरेको हो।

मन्त्रिपरिषद् बैठकले गत २ वैशाखमा परराष्ट्र मन्त्रालयमा विशिष्ट श्रेणीसरहको प्रेस सल्लाहकार राख्ने निर्णय गरेको थियो। त्यही आधारमा नुवाकोटको तादी गाउँपालिकाका स्थायी बासिन्दा पाण्डेलाई नियुक्त गरिएको परराष्ट्रले जनाएको छ।

पाण्डे यसअघि कान्तिपुर, द हिमालयन टाइम्स, राजधानी दैनिक तथा द डिप्लोम्याट नेपालमा कार्यरत थिए। उनीसँग परराष्ट्र मामिलामा एक दशकभन्दा बढी रिपोर्टिङ गरेको अनुभव छ।

सुझावित समाचार