नेप्से सात अंकले बढ्दा कारोबार रकम साढे ६ अर्बमाथि

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। नेप्से ७.२५ अंकले बढेर दुई हजार ७२६.४९ विन्दुमा कारोबार बन्द भएको हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घटेको छ। आज सेन्सेटिभ फ्लोट इन्डेक्समा कुनै परिवर्तन देखिएन।

मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ। सोमबार पाँच अर्ब ४४ करोडको सेयर खरिद–बिक्री भएकोमा आज बढेर ६ अर्ब ४७ करोडभन्दा माथि पुगेको छ। मंगलबार ३४३ कम्पनीका एक करोड ४९ लाख २४ हजार कित्ता खरिद–बिक्री भए।

आज समूहगत सूचकमा भने मिश्रित देखिएको छ। पाँच समूहको सूचक वृद्धि हुँदा बाँकी समूहमा गिरावट भयो। व्यापार र अन्य समूह क्रमशः २.८८ र १.२० प्रतिशत वृद्धि हुँदा बाँकी समूहको घटबढ एक प्रतिशतभन्दा थोरै छ।

बजार उकालो लाग्दा एभरेस्ट कलर्सका लगानीकर्ताले १४.९८ प्रतिशत आर्जन गरेका छन्। कलंगा हाइड्रो र बोटलर्स नेपाल (बालाजु)को मूल्य सात प्रतिशतभन्दा धेरैले बढेको छ।

सर्वाधिक घट्ने सूचीको शीर्ष स्थानमा नबिल डिबेन्चर २०८९, एनआइबिएल ग्रोथ फन्ड र कर्पोरेट विकास बैंक छन्। यी धितोपत्र ७.४४ देखि ६.५४ प्रतिशतसम्मले घटेका छन्।

सुझावित समाचार