साबिक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप २०२६ को विजेता बनेको छ। नियमित समयमा गोल नभएपछि थपिएको समयमा १–० गाेलले हराउँदै स्पेन च्याम्पिन बनेको हो। स्पेनका लागि १०६ मिनेटमा फेरेन टोरजले गरेको गोल नै फाइनलको निर्णायक बन्यो।
खेलभरि स्पेन आक्रामक बनेकोमा अर्जेन्टिना रक्षात्मक देखिएको थियो। स्पेनले खेलभरि २० सट प्रहार गर्दा अर्जेन्टिनाले तीनवटा मात्र प्रहार गरेको थियो। स्पेन दोस्रोपटक विश्वकप च्याम्पियन बनेको हो । यसअघि सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्सलाई हराउँदै उसले उपाधि जितेको थियाे ।
सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सका केलिन एम्बाप्पेले सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जितेका छन् । त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टका रूपमा स्पेनका कप्तान रोडिग्रो हर्डान्जेजले गोल्डन बल जिते।
स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब्स अवार्ड तथा युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।