महिलाको उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँगको बृहत् छलफलमा शाहले महिला उद्यमीहरूका सबै व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलमा प्रवर्द्धन गर्ने वातावरण मिलाउने जानकारी गराए।

छलफलमा महासंघका प्रतिनिधिहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम र व्यापार मेला, प्रदर्शनी, बिटुबी एवं निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको माग गरे। महासंघले ल्याएको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्रीले यो ब्रान्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गरे।

वित्तीय सहुलियत वास्तविक महिला उद्योगीले नपाएको गुनासो गर्दै प्रतिनिधिहरूले यो सुविधा गाउँ–गाउँसम्म पुर्याउन, दायरा विस्तार गर्न र पुँजी अभावमा सपना नमरोस् भनी धितोको वैकल्पिक व्यवस्था मिलाउन माग गरे।

सुझावित समाचार