शान्तिपूर्ण रूपमा चौथो रथयात्रा सम्पन्न

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

वीरगन्जको प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

बिहान विशेष पूजा–आराधनापछि मन्दिरपरिसरबाट सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन भएको हो।

बिहानको रथयात्रापछि दिउँसो गहवामाईको विशेष पूजा सञ्चालन गरिएको छ। बेलुका मुख्य हवन र महाआरती आयोजना गरेपछि भक्तजनलाई प्रसाद वितरण गरिने आयोजकले जनाएको छ।

प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गहवामाई रथयात्राले धार्मिक सदभाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ।

रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए।

सुझावित समाचार