दुवै बारले पठाए एमिकस क्युरीमा चार कानुनविद्को नाम

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

सम्पत्ति छानबिन आयोगको संवैधानिकता परीक्षणसम्बन्धी विवादमा राय दिन चारजना कानुनका विज्ञको नाम सर्वोच्च पठाइएको छ । सर्वोच्चको पूर्वादेशअनुसार कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले नाम पठाएका हुन् ।

नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की र टीकाराम भट्टराई तथा सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरू डा. दीनमणि पोखरेल र अधिवक्ता रमण कर्णको नाम पठाएको छ । एमिकस क्युरी (अदालतका सहयोगी) का रूपमा पठाइएकामध्ये कार्की र पोखरेल महान्यायाधिवक्ता भइसकेका छन् । 

सुझावित समाचार