सुर्खेतमा कर्णाली नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन्। बुधबार दिउँसो कर्णाली नदीमा पौडी खेल्ने क्रममा बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–३ निवासी २५ वर्षीय रामबहादुर भण्डारी बेपत्ता भएका हुन्।
भण्डारी सुर्खेतको चौकुने गाउँपालिका–१, तालागाउँस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
भण्डारीले सुर्खेत जिल्ला चौकुने गाउँपालिका–१, तालागाउँनिवासी प्रेमबहादुर साउदको लु ३ च ७६५२ नम्बरको बोलेरो गाडी चलाउँदै आएका थिए।