विद्यालयको माछापोखरीमा हाम फालेका एक भारतीय युवक मृत अवस्थामा फेला

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

रौतहटको ईशनाथ नगरपालिका– ४, ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछापोखरीमा हाम फालेका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार सोमबार राति करिब ९ः३० बजे एक पुरुषले पोखरीमा हाम फालेको भन्ने स्थानीयबाट सूचना प्राप्त भएपछि मठिया प्रहरी चौकी र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि रातभर र मंगलबार बिहानदेखि संयुक्त रूपमा खोजतलास गरिएको थियो।

मंगलबार बिहान करिब ९ः४५ बजे खोजीका क्रममा सोही पोखरीबाट एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अवस्थामा शवको पहिचान हुन सकेको थिएन। पछि दिउँसो करिब १ः४० बजे मृतक भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतीहारी) जिल्ला, ढाका ग्राम पञ्चायत– ३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेको उनका दाजु जहिर अहमदले सनाखत गरेका हुन्।
 

See More On

सुझावित समाचार