अमेरिकन रेफ्री इस्मेल इफाथले बुधबार राति इंग्ल्यान्ड र अर्जेन्टिनाबिच खेल सञ्चालन गर्ने भएका छन् । फिफाले मंगलबार महत्वपूर्ण खेलका लागि अनुभवी रेफ्री नियुक्त गरेको जानकारी दिएको छ ।
४४ वर्षीय इस्मेलले यसअघि जापान र नेदरल्यान्ड्सबिचको खेल खेलाएका थिए । यसैगरी, उनले नर्वे र ब्राजिलबिच खेल पनि खेलाए । उनले विश्वकपमा ६ पहेँलो तथा एउटा डाइरेक्ट रेड कार्ड दिइसकेका छन् ।