अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा काभ्रेको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा साधारणसभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष ०८१/८२ को वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए।
यसैगरी, आ.व. ०८२/०८३ को लागि लेखा परीक्षक नियुक्ती र पारिश्रमिकसमेत पारित भएको छ। उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी कार्य गर्न तथा लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाले पारित गरेको छ।
साधारणसभाको छलफल सत्रमा भाग लिँदै केही सेयर सदस्यहरूले संस्था राम्रो अवस्थामा नै रहेको र आगामी दिनमा अझ राम्रो गर्नुपर्ने सुझाव दिएका सिइओ लम्सालले जानकारी दिए।