नगर प्रहरीको मनोबल नघटाउन मन्त्री लम्सालको आग्रह

प्रहरीले एम्बुलेन्सलाई सहज आवतजावत गराउनेदेखि नागरिकको ज्यान जोगाउने काममा महत्वपूर्ण भूमिका खेलेकाे दाबी

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई आफ्नो जिम्मेवारीबाट पछि नहट्न आग्रह गरेका छन्।

म‌ंगलबार प्रतिनिधिसभाको  बैठकमा बोल्दै मन्त्री लम्सालले पछिल्लो घटनापछि सडकमा खटिन हिच्किचाएका नगर प्रहरीको मनोबल कमजोर हुन नदिन आग्रह गरे। उनले नगर प्रहरीले एम्बुलेन्सलाई सहज आवतजावत गराउनेदेखि नागरिकको ज्यान जोगाउने काममा महत्त्वपूर्ण भूमिका खेलेको बताए।

लम्सालले सरकार नगर प्रहरीको साथमा रहेको उल्लेख गर्दै जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न आग्रह गरे। उनले परिवर्तनका लागि समय लाग्ने भन्दै आशावादी भएर काम गर्न पनि सुझाव दिए।

सुझावित समाचार