सञ्चारगृहमा गाडी तेर्स्याउनु पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्यआतंकको सुरुवाती झझल्को : सांसद ठगुन्ना

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम र राजनीतिक नेतृत्वका घरमा गाडी तेर्स्याएर त्रास फैलाउने गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले उक्त घटना हेर्दा सानो र सांकेतिकजस्तो देखिए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्यआतंकको सुरुवाती झझल्को सम्झाएको बताए।

उनले सञ्चारमाध्यम तथा राजनीतिक नेतृत्वलाई लक्षित गरी मानसिक त्रास सिर्जना गर्ने कुनै पनि गतिविधि लोकतान्त्रिक व्यवस्थाका लागि स्वीकार्य नहुने उल्लेख गर्दै यस्ता घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरे।

सुझावित समाचार