सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी ए२७ ५जी सार्वजनिक गरेको छ। कम मूल्यमा प्रिमियम एआई सुविधाहरू, भरपर्दो कार्यसम्पादन, भरपर्दो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरूका लागि तयार पारिएको आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको विस्तार गरेको कम्पनीले जनाएको छ।
सामसङको आधारभूत क्षमताहरू ‘असम इन्टेलिजेन्स’को संयोजनका साथ ग्यालेक्सी ए२७ ५जीले प्रयोगकर्तालाई भरपर्दो दैनिक कार्यसम्पादन प्रदान गर्ने सामसङ नेपालका एमएक्स बिजनेस, सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितले बताए।
ग्यालेक्सी ए२७ ५जी मा ७.८ एमएम स्लिम प्रोफाइल र १२० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले छ। यो लाइट ग्रीन, लाइट पिङ्क र ब्ल्याक रङहरूमा उपलब्ध छ। सामसङले यस डिस्प्लेमा अपग्रेड गरिएको इन्फिनिटी–ओ पन्चहोल डिजाइन ल्याएको छ, जसले डिस्प्लेलाई अझ बढाउन क्यामेराको क्षेत्रलाई कम गरेर सफा र अझ इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
४ एनएम स्न्यापड्रैगन ६ जेन ३ मोबाइल प्लेटफर्मको साथ यो डिभाइस एपहरू स्विच गर्ने, भिडियो स्ट्रिम गर्ने र एआई एप्लिकेसनहरू चलाउने प्रयोगकर्ताहरूका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्न इन्जिनियर गरिएको छ।
यो फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा पनि छ, जुन विशेष गरी विद्यार्थी, व्यवसायी र मिटिङका नोटहरू, लेक्चर वा कुराकानीहरू बढी प्रभावकारी रूपमा रेकर्ड गर्न चाहने प्रयोगकर्ताहरूका लागि उपयोगी छ। ग्यालेक्सी ए२७ ५जीले गुगल जेमिनी र पर्प्लेक्सिटीलगायतका एआई असिस्टेन्टहरू पनि सपोर्ट गर्छ, जसको ग्यालेरीजस्ता नेटिभ ग्यालेक्सी एपहरूमा गहिरो इन्टीग्रेसन छ।
नयाँ फोनमा अपग्रेड गर्ने प्रक्रियालाई अझ बढी फाइदाजनक बनाउन सामसङले पुराना फोनसँग साट्ने सुविधा, सहज मासिक किस्ताको विकल्प र १२० जीबीको एनसेल डाटा उपहारसमेत प्रदान गरिरहेको छ। यो अफरअन्तर्गत ग्राहकले आफ्ना पुराना फोन बुझाएर, पुराना फोनको मूल्याङ्कन रकमको अतिरिक्त थप रु ८,००० एक्सचेन्ज बोनस पाउन सक्नेछन्।
यसका साथै ग्राहकहरूले नयाँ ग्यालेक्सी ए२७ ५जीलाई मात्र रु १,५१९ प्रतिमहिनाको सहज २४ महिनाको किस्ता सुविधा र सुरुवाती भुक्तानीबिना नै खरिद गर्न सक्छन्।
