आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य दुई लाख ८५ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य दुई लाख ८८ हजार रुपैयाँ थियो ।
यता चाँदीको मूल्य तोलाको एक रुपैयाँले घटेर चार हजार ३७५ रुपैयाँ कायम भएको छ ।