स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/८४ को साउन, भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेंगु सचेतना तीनमहिने अभियान’ सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत प्रत्येक शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरी लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने कार्य गरिनेछ। मन्त्रालयले अभियान प्रभावकारी बनाउन सबै ७५३ स्थानीय तहलाई समन्वय र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।