कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानीट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका– १ का वडाध्यक्ष दिनेश खत्रीलाई पानीट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् । विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भए तापनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नभएका कारण विद्यार्थी तथा शिक्षकका लागि हालसम्म शुद्ध पानी प्रयोग गर्न कठिन रहेको थियो । विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानीट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरेको हो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति हार्दिक आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरभक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानीट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  

त्यस्तै, बैंकको  देवचुली नगरपालिका– १५, नवलपरासीस्थित श्री जनज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभिभावक प्रतीक्षास्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरण हस्तान्तरण गरेको जनाइएको छ ।

बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन् । भण्डारीले बैंकका तर्फबाट अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्ति आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षास्थलका लागि पनि सहयोग गरेको बताए । शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले सो सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सुझावित समाचार