नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ निर्वाचित भएकी छिन् । काठमाडौंमा हालै सम्पन्न महासंघको २६औँ राष्ट्रिय महाधिवेशनबाट गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
गुरुङ यसअघि महासंघको उपाध्यक्ष थिइन् । उनीसँग महासंघमा दुई कार्यकाल उपाध्यक्षका रूपमा र केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षका रूपमा काम गरेको अनुभव छ । हिमालयन डेकोर रक्सको प्रालिको निर्देशक रहेकी गुरुङ विगत तीन दशकदेखि गलैँचा उद्योगलगायत उद्यम व्यवसायमा आबद्ध छिन् । घरेलु महासंघकी नवनिर्वाचित गुरुङले लघु, घरेलु तथा साना उद्यमीहरूको व्यावसायिक हकहित र उद्योग–व्यवसाय प्रवद्र्धनका लागि नीतिगत पैरवी गर्ने बताइन् ।
निर्विरोध निर्वाचित भएपछि उनले आफ्नो चयनलाई व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण उद्यमीहरूको विश्वासका रूपमा लिएको बताइन् । ‘मलाई निर्विरोध रूपमा चयन गरिनुको अर्थ मेरा सहकर्मी र उद्यमी मित्रहरूले महासंघलाई नयाँ ढंगले अगाडि बढाउने जिम्मेवारी सुम्पनुभएको हो,’ उनले भनिन्, ‘देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने सात लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्यमीहरूको व्यावसायिक हकहित र प्रवद्र्धनका लागि स्थापित यस महासंघको उद्देश्य प्राप्तिका लागि कटिबद्ध भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि बताइन् ।
यसअघि महासंघको नेतृत्वमा निवर्तमान अध्यक्ष उमेशप्रसाद सिंह थिए । महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी निर्वाचित भए । त्यस्तै, उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ सत्यनारायण अग्रवाल, साना उद्योगतर्फ यादवकुमार अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्धतर्फ हरिहर थापा, महिलातर्फ जानकी प्रधान, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएट्सतर्फ रामनाथ मैनाली, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ चन्द्रबहादुर बुढाक्षेत्री र नवीकरणीय ऊर्जातर्फ गुणराज ढकाल निर्वाचित भए । महासंघको महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डिसी र सहकोषाध्यक्ष हेमविक्रम जिसी निर्वाचित भए ।
यसैगरी, कोषी प्रदेश सदस्यहरूमा गोपाल काफ्ले, शरणकुमार राई र रूपाकुमारी श्रेष्ठ तथा मधेश प्रदेश सदस्यहरूमा उमेश दाहाल, नवीनकुमार यादव र पूर्णकुमारी कार्की चयन भए । बागमती प्रदेश सदस्यहरूमा तारानिधि पोखरेल, रमेश ढुंगाना र पदमकुमारी कार्की तथा गण्डकी प्रदेश सदस्यहरूमा गोपी अधिकारी र विन्दु पोखरेल काफ्ले चयन भए ।
लुम्बिनी प्रदेश सदस्यहरूमा वसन्त रोक्का क्षेत्री, रामचरण विसी र प्रेमकुमारी पुन तथा कर्णाली प्रदेश सदस्यहरूमा अजयबहादुर गिरी, रामकृष्ण चौलागाईं र सुजता कँडेल निर्वाचित भए । सुदूरपश्चिम प्रदेश सदस्यहरूमा भीमबहादुर कुँवर र महेशप्रसाद दाहाल चयन भए । खुला सदस्यहरूमा अमृतप्रसाद सिग्देल, अष्टमान महर्जन, अष्टमान महर्जन, कनैयालाल कसौधन, जंगबहादुर गिरी, पवन अधिकारी, प्रदीपप्रसाद उदय, फुर्वादोर्जे शेर्पा, वसन्तकुमार महर्जन, विक्रम सापकोटा, लवराजा सिंह, लक्ष्मण ग्वाछा, शिवलाल गिरी, शीतम भण्डारी, सूर्यबहादुर थापा चयन भए ।
महिला सदस्यहरूमा उमाकुमारी खत्री, कमला बाँस्कोटा रिजाल, तुलसाकुमारी कँडेल, रूपादेवी श्रेष्ठ, लक्ष्मी घिमिरे बस्नेत, लीलाकुमारी पाण्डे, शर्मिला अधिकारी निर्वाचित भए । त्यस्तै, सदस्यहरु (वस्तुगत संघ)तर्फ कुमार कसजु श्रेष्ठ, ङिमा शेर्पा, ठाकुरप्रसाद न्यौपाने, रामकृष्ण श्रेष्ठ, रामहरि तोलाङ र रीता ढकाल दवाडी रहेका छन् । साथै, सदस्य (एसोसिएट्स)तर्फ इन्द्रबहादुर थापा क्षेत्री, खडक बोगटी, खोजराज कटुवाल, वसन्तकुमार पाण्डे, मन्दिरा महर्जन तथा सदस्य (सहकारी)तर्फ अमृतबहादुर कार्की, कृष्णराम ग्वाछा र सदस्य (नवीकरणीय ऊर्जा)तर्फ एबबहादुर मगर, कृष्णप्रसाद ढकाल, तेजनारायण ठाकुर, प्रकाशविक्रम बस्नेत, सुलोचना खतिवडा रहेका छन् ।
केन्द्रीय महिला उद्यमी समितिमा अवाल
महासंघको केन्दीय महिला उद्यमी समितितर्फ अध्यक्षमा रीता अवाल निवार्चित भइन् । समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्ष (उद्यम व्यवसाय) शर्मिला खत्री, उपाध्यक्ष (संगठन) सोनी महतो, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मीना तामाङ र सचिवमा दीपा शाक्य निर्वाचित भए ।
महिला उद्यमी समिति सदस्यहरूमा अर्चना सिलवाल कँडेल, इरा शर्मा प्रसाईं, कुमारी राधिका ऐर, कृष्णाकुमारी पौड्याल, गीता सिम्खडा, पविता गिरी, प्रकृति खडका, रीता भट्टराई, विमला थापा, सुमित्रा सापकोटा, सरिता श्रेष्ठ, सुजिता दुवाल बैदार निर्वाचित भए ।
यस्तै, केन्द्रीय महिला उद्यमी समितितर्फ अध्यक्षमा रीता अवालले नयाँ नेतृत्व चयनसँगै टिमवर्कमा काम गर्न जरुरी रहेको भन्दै अबको कार्यकालमा प्रणाली–व्यवस्था, प्रोफाइल, उद्यमशीलता, सञ्जाल निर्माण, सुशासनमा केन्द्रित रहेर महासंघको छवि र गरिमालाई उच्च बनाउने कार्यमा लाग्ने बताइन् ।