- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असार २७ गते शनिबारदेखि साउन १ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । सन्तान प्राप्तिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । पढाइ–लेखाइमा प्रतिस्पर्धीहरूभन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउनेछ । आर्थिक लगानी गर्नु भरपर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय व्यतीत हुनेछ । व्यापार, उद्योग तथा सेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । बिहीबारदेखि विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । महत्वाकांक्षी योजनामा हात हाल्नु राम्रो हुँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सुरुमा अरूको दबाबमा परिएला । तपाईंको स्वतन्त्रतामाथि हस्तक्षेप हुन सक्छ । तापनि, शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धनलाभ हुनेछ । रमाइलो भ्रमणबिच आतिथ्यपूर्ण सम्मान पाइएला । साताको अन्त्यमा भने अस्वस्थ हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सञ्चित कर्मको फल पाउने समय छ । राम्रै आम्दानी हातपर्ला । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । आफन्तसँगको भेटघाटले मनमा प्रसन्नता थपिएला । गरेको कामबाट प्रशंसा मिल्नेछ । सानै प्रयासले पनि महत्वपूर्ण काम बन्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उन्नतिकारक छ । विद्या, बुद्धि बढ्नेछ । बौद्धिक तथा व्यावसायिक पक्षबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । काममा अवश्य पनि उत्साह थपिनेछ । मित्रताको गाँठो कसिएर जाला । नयाँ प्रेमसम्बन्ध स्थापित हुन सक्छ । तर, सप्ताहान्तमा भने काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा नेतृत्वदायी भूमिका बहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव हुनाले नयाँ काम बन्ने योग रहेको छ । समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरूमध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । भाइबहिनीका तर्फबाट यो साता खुसीको खबर प्राप्त हुने सम्भावना धेरै छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ–समाचारको आगमनले मन प्रसन्न रहने दिन छ । शत्रुहरू पराजित हुनेछन् । आत्मबल बढ्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुख–सुविधा र विलासिताका साथमा समय बित्नेछ । आफन्तसँगको भेटघाटले मनमा प्रसन्नता थपिएला । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रारम्भमा रमाइलो यात्राको अवसर जुटे पनि परिस्थिति अलि प्रतिकूल बन्न सक्छ । आफ्नै कमजोरीले चिताएको काम बिग्रन सक्छ । मन मिल्ने साथी भेटिए पनि सम्बन्ध बिग्रन सक्छ । काम रोकिनाले मन खिन्न रहला । आर्थिक पक्ष पनि कमजोर बन्ने देखिन्छ । बिहीबारपछि स्थितिमा सुधार आउनेछ भने सप्ताहान्तमा अवसरले उत्साह जगाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अरूका काममा जुट्नुपर्दा आफ्ना काम अधुरै रहन सक्छन् । चिताएको फल प्राप्त गर्न निकै संघर्ष गर्नुपर्ला । फाइदाका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । कामको अवसर प्राप्त भए पनि श्रमको उचित मूल्यांकन नहुनाले लाभ कम हुनेछ । पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त भए पनि तत्काललाई खर्चको मात्रा बढ्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको प्रारम्भमा वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानि व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नुपर्छ । छात्रछात्रा रमाइलोमा भुलिनेछन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ हुने छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रारम्भमा अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । काम बिग्रने डरले सताउला । स्वास्थ्यमा पनि सजग रहनुहोला । बिहीबारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नुका साथै उत्साहित भइनेछ । शनिबारपछि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सप्ताहान्तमा स्थितिमा सुधार आउनाले मनग्य फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहनेछ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा–रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । नयाँ कार्यमा लगानी गर्दा फाइदा हुने योग रहेको छ ।