बहुविवाह मुद्दामा फरार प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। अदालतले कैद र जरिवानाको सजाय सुनाएपछि फरार रहका कुमाख गाउँपालिका– ६ का ४८ वर्षीय शेरबहादुर विकलाई साढे तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सल्यान जिल्ला अदालतको २०७९ पुस १६ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना २२ दिन कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
विकलाई बुधबार शारदा नगरपालिका– २, खलंगा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देजराज भट्टराईले जानकारी दिए। उनलाई फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा पेस गरिएको उनको भनाइ छ।