नाडेप लघुवित्तमा पाँच सञ्चालक निर्वाचित

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

नाडेप लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिक साधारणसभा सोमबार धादिङमा सम्पन्न भएको छ । सभामा संस्थाका सञ्चालक समिति अध्यक्ष पीताम्बरप्रसाद आचार्यको अध्यक्षतामा सभा सम्पन्न भएको हो । 

सभाले संस्थागत सेयरधनीका तर्फबाट चारजना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा एकजना सर्वसम्मत निर्वाचित भएका छन् । जसमा संस्थागततर्फ टेकराज भट्ट (नबिल बैंक, भेषराज गौतम (लुम्बिनी विकास बैंक) कृष्णप्रसाद न्यौपाने (डिप्रोक्स नेपाल) र डा. भृगुऋषि दुवाडी रहेका छन् । सर्वसाधारणतर्फ सीता लुइँटेल निर्वाचित भएकी हुन् । 

त्यसैगरी, सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यसैले आव ०८२/८३ का लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि सभाले निर्धारण गरेको छ । 

See More On

सुझावित समाचार