पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा १६५ किलो गाँजासहित दुईजना पक्राउ

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका– ९, खरंगास्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट १६५ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका– ३, पलाँसेका अन्दाजी ५१ वर्षीय विक्रम सिंतान र अन्दाजी ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्।

प्रहरीका अनुसार ०८३ असार २२ गते कोर क्षेत्रभित्र भारी बोकेर पैदल हिँडिरहेका उनीहरूलाई शंका लागी जाँच गर्दा ११ वटा पोकामा राखिएको लागुऔषध गाँजा बरामद भएको हो।

बरामद गाँजाको तौल गर्दा १६५ (एक सय पैसठ्ठी) किलोग्राम रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

See More On

सुझावित समाचार