कृषि उपज वस्तुको उत्पादनका लागि बेलौरीका किसानलाई कृषि उपकरण

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको एक स्थानीय सरकारले किसानलाई कृषि उपकरण वितरण गरेको छ । बेलौरी नगरपालिकाले किसानलाई कृषि उपकरण वितरण गरेको हो । नगरका विभिन्न १० वडाका डेढ सयभन्दा बढी किसानलाई कृषि उपकरण वितरण गरेको जनाएको छ । 

मेयर पोतीलाल चौधरीले कृषि उपजवस्तुको उत्पादन वृद्धिका लागि कृषिमा यान्त्रीकरण कार्यक्रमअनुरूप किसानलाई उपकरण वितरण गरेको बताए ।  मेयर चौधरीका अनुसार सिँचाइका लागि मोटर दुई हर्षपावर ९२, मोटर आठ हर्षपावर १७, मिनीपावरटिलर १०, रोटाभेटर पाँच, कल्टिभेटर १०, पावरटिलर १०, सुगरक्यान मल्चर दुई, राजादल दुई, रिपर दुई, कम्बाइनमिल पाँच, पावरटिलर चारचक्के एक, लेजर ल्यान्डलेवर एक, रेजर नाै, हेन्चर पाँच गरेर १७१ किसानलाई उक्त सामग्री वितरण गरिएको छ ।

किसानको मागअनुरूप ५० प्रतिशत अनुदानमा नगरपालिकाले किसानलाई मंगलबार एक कार्यक्रमबिच कृषि उपकरण वितरण गरिएको हाे । मेयर चौधरीले नगरका १० वटै वडाका किसानलाई वितरण गरिएको बताउँदै उक्त कृषि सामग्रीबाट थप किसानलाई कृषिकाजमा सहजता हुने अपेक्षा राखेका छन् । 

मेयर चौधरीले यसअघि पनि कृषि सामग्री वितरण गर्दै आएको र आगामी दिनमा पनि किसानलाई आत्मनिर्भर बनाउँदै कृषिमै आर्थिक सवृद्धिका लागि कृषि सामग्री वितरण गरिएको बताए । बेलौरी नगरपालिकाबाट कृषि सामग्री पाएपछि किसानले कृषि कार्यका लागि सहज भएको बताएका छन् ।  

सुझावित समाचार