एलजी इलेक्ट्रोनिक्सले आफ्ना ‘एलजी इसेन्सिएल सिरिज’ पोखरामा पनि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगैको सहकार्यमा नयाँ घरेलु उपकरण शृंखला सार्वजनिक गरेको हो ।
‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यो सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीको दाबी छ । नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीले अपेक्षा गरेको छ ।
नयाँ शृंखलामा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन् । फ्रस्ट–फ्री टेक्नोलोजीसहितको डबल डोर रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउने बताइएको छ ।
साथै, अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठुलो तरकारी भण्डारण क्षमतासमेत छ । यसैगरी, वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बिएमसी कभर तथा वाटरप्रुफ प्यानललगायतका सुविधा छन् ।