नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईंको राजीनामा स्वीकृत भएको छ। चापागाईंले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा-पत्र बुझाएका थिए।
राजीनामा-पत्रमा उनले व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ। चापागाईंको राजीनामा अर्थमन्त्रीले आजै स्वीकृत गरेका उनकाे सचिवालयले जनाएकाे छ।