पूर्वउपसभामुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर भारतको हैदराबाद प्रस्थान गरेकी छिन्। भारतको तेलंगाना सरकारले आयोजना गरेको ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन सांसद राना सोमबार बिहान नयाँदिल्ली हुँदै हैदराबाद प्रस्थान गरेकी हुन्।
दुई दिनसम्म चल्ने ग्रिन ग्रोथ इकोनोमिक समिट नोभोटेल हैदराबाद कन्भेन्सन सेन्टरमा हुँदै छ। नेपालबाट पूर्वउपसभामुख रानालाई आमन्त्रण गरिएको हो।सम्मेलनले विश्वभरका विज्ञहरू, कूटनीतिज्ञहरू, निर्वाचित प्रतिनिधिहरू, उच्च सरकारी अधिकारीहरू, उद्योगका अगुवाहरू, लगानीकर्ताहरू,नवप्रवर्तकहरू, शिक्षाविद्हरू र नीति–निर्माताहरूलाई एकै मञ्चमा भेला गराउने आयोजकले जनाएको छ ।
यसमा कृत्रिम बुद्धिमत्ता (एआई)को भविष्य तथा दिगो पूर्वाधार, स्वच्छ ऊर्जा र समावेशी आर्थिक वृद्धिमा यसका प्रभावहरूबारे गहन छलफल गरिने बताइएको छ । सम्मेलनको उद्घाटन तेलंगानाका मुख्यमन्त्री ए. रेभन्थ रेड्डीले गर्ने कार्यक्रम छ ।