१५औँ महाधिवेशनमा पेपरलेस निर्वाचन गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउने भएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनमा निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन प्रविधिलाई प्राथमिकता दिने निर्णय गरेको हो।
‘नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ। साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन अर्थात् पेपरलेस प्रविधि वा इभिएम प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।
लामो समय कार्यालयमा अनुपस्थित नार्कका दुई कर्मचारी सेवाबाट निष्कासित
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारीलाई सेवाबाट हटाएकी छिन्। नार्कको अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले दुई कर्मचारीबाट बेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेको उनको सचिवालयले जनाएको छ।
कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियमबमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। दरबन्दी मात्र ओगटेर कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको मन्त्री चौधरीले स्पष्ट पारेकी छिन्।
गगन थापा भन्छन्– सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार नागरिकको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्न बढी केन्द्रित भएको आरोप लगाएका छन्।
आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित सरकारको सय दिनको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले सरकारले दीर्घकालीन समाधानभन्दा प्रचारमुखी कामलाई प्राथमिकता दिएको टिप्पणी गरे।
उनले भूमिहीन तथा सुकुमवासीहरूको समस्या कानुनी व्यवस्था र नीतिगत सुधारमार्फत समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई बस्तीमा डोजर चलाएर प्रचार खोजिएको आरोप लगाए।
अर्थ मन्त्रालयकै बजेटमा तीन अर्ब ८६ करोड रकमान्तर
वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो बेथितिले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष ०८२/८३ मा कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ । तीन खर्ब चार अर्ब रुपैयाँ विनियोजित पुँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको ६.६१ प्रतिशत रकमान्तर भएको छ । जेठ महिनासम्मको कुल पुँजीगत खर्च एक खर्ब ३२ अर्ब रुपैयाँसँग तुलना गने हो भने यो वर्ष भएको कुल रकमान्तर पुँजीगततर्फ भएको खर्चको झन्डै २० प्रतिशत हाराहारी हुन आउँछ ।
कस्ता मुद्दा जान्छन् उपभोक्ता अदालतमा ?
उपभोक्ता अदालत गठनको १५ महिनामा ५६ मुद्दा अदालतमा चढेकामा ३४ वटाको फैसला भइसकेको छ । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विश्व उपभोक्ता दिवसको अवसरमा २ चैत ०८१ मा उपभोक्ता अदालत उद्घाटन गरेकामा भोलिपल्टैदेखि सञ्चालनमा आएको थियो ।
तीन सदस्यीय उपभोक्ता अदालतसम्बन्धी व्यवस्था ऐनको परिच्छेद ९ मा छ । ऐनको दफा ४१(३) अनुसार नेपाल सरकारले तोकेको सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीश अध्यक्ष तथा न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत र नेपाल सरकारको राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत सदस्य रहन्छन् ।
डोल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, चारजना घाइते
डोल्पामा आइतबार बिहान आएको हिलोसहितको पहिरोमा पुरिँदा एकजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् । जगदुल्ला गाउँपालिका– ५, गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
हिलोसहित आएको बाढीपहिरो घरमा पस्दा आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।
सरकार अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर भएको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फेरि एकपटक सबै मिलेर जुर्मुराउनुपर्ने अवस्था आइलागेको टिप्पणी गरे।
डोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १३ जना घाइते
डोल्पाको जगदुल्ला गाउँपालिका– ४, मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १ः५० बजेतिर जगदुल्ला– ४, माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेको हो।
मधेशकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था बन्यो कुसहा स्वास्थ्य केन्द्र
सप्तरीको सुरुंगा नगरपालिका– ५, कुसहास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई मधेश प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।
‘सुरुंगा नगरपालिकाको पोषणमा सुधार, स्वस्थ परिवार समृद्ध समाजको आधार’ भन्ने नारासहित स्वास्थ्य शाखाको आयोजनामा नगर प्रशासकीय भवनमा आइतबार दिउँसो आयोजित एक समारोहबिच केन्द्रलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो। नगरप्रमुख गीता चौधरी र उपप्रमुख रुद्रबहादुर कार्कीले संयुक्त रूपमा ब्यानर वाचन गरेर पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेका हुन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपी अमेरिका भ्रमणमा
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका आइजिपी नारायणदत्त पौडेल अमेरिका भ्रमणमा निकिस्कएका छन्। अमेरिकी सरकारले हरेक वर्ष आयोजना गर्ने विश्वभरिका प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिन उनीहरू अमेरिका भ्रमणमा निस्किएका छन्।
आइजिपीद्वयको भ्रमणसँगै नेपाल प्रहरीमा राजन अधिकारी तथा सशस्त्र प्रहरीमा बंशी दाहाललाई निमित्त आइजिपीको जिम्मेवारी दिइएको छ।