असार २० देखि २६ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १९ असार, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असार २० गते शनिबारदेखि असार २६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त होलान् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने परिश्रम धेरै गर्नुपर्ला । साताको अन्त्यमा नयाँ काममा हात हाल्ने ग्रहयोग छ । प्रशस्त धन आर्जन र संग्रह गर्ने मौका छ । सेयरबजारमा सुझबुझका साथ लगानी गर्दा आम्दानी बढाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । पारिवारिक असमझदारी भने सम्भावना छ । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । बिहीबारदेखि लेनदेनमा हानि र अनावश्यक वादविवादमा परिने समय छ । प्रशंसकहरूले समेत आलोचना गर्न सक्छन् । चोटपटकको योग रहेकाले सचेत रहनुपर्नेछ । सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भबाटै सोचेको काम समयमा पूरा गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । सप्ताहान्तमा व्यवसायबाट लाभ होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । प्रतिस्पर्धामा पनि केही कमजोर साबित हुने योग देखिएको छ । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । बिहीबारदेखि खर्च अलि बढ्नेछ । भविष्यका लागि लगानीको समय छ । टाढाको यात्रा निकै फलदायी हुनेछ । पैतृक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्चसमेत बढ्ने योग छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । पढाइ–लेखाइमा प्रगति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अरूलाई प्रभावित पारेर काम बनाउने शुभ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने साता रहेको छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अलि अस्वस्थ भइएला र कामको दायित्व पनि बढ्ला । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले कर्तव्य पूरा नगर्न सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रशस्त धन आर्जन र संग्रह गर्ने मौका छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । साता उत्साहवर्द्धक नै रहनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ । बिहीबारपछि खर्च बढ्ने र केही काम रोकिने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यावसायिक यात्राको सम्भावना रहेको छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारीसाधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ मित्रता र प्रेमको बन्धन कसिने वेला छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आयआर्जनमा सुधार आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) काममा अधिकारप्राप्तिका लागि केही प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरू सहजै परास्त हुनेछन् र नयाँ कामको सुरुवात गर्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । मुद्दा, द्वन्द्व तथा प्रतिस्पर्धामा विजयी भइनेछ । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । साताको अन्त्यमा परिवारजनको सहयोगले महत्वपूर्ण काम बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार–व्यवसायमा समेत त्यति फाइदा नहोला । धैर्यले काम लिने समय छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खानपानको असावधानीले स्वास्थ्यसमेत कमजोर बन्ने देखिन्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) विगतका गलत निर्णयले काममा अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोस् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा होला । प्रयत्न गर्दा परिवारजनसँगकै सहकार्यबाट काममा फाइदा हुनेछ । मातृधन, पशुधन र जग्गाजमिनबाट सामान्य लाभ मिल्नेछ । साताको अन्त्यमा अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । 

See More On

सुझावित समाचार