गृह मन्त्रालयको मान्छे हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंहलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।
सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको बताउँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको बताइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।