- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असार १३ गते शनिबारदेखि असार १९गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । अनावश्यक खर्च तथा महत्वपूर्ण सरसामान हराउने समय चलेकाले विशेष सतर्कता अपनाउनुपर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ । आलोचनाबाट बच्नुपर्नेछ । साताको अन्त्यमा आत्मबल बढ्नेछ । मातापितासँगको सम्बन्ध सुमधुर रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । बिहीबारदेखि भने समय प्रत्युत्पादक रहला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्नेछन् । कर्मयोगका थप बाटाहरू अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । प्रतिभाको कदर हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुरुमा प्रशस्त आम्दानीका योग भए तापनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाने योग रहेको छ । वैदेशिक कामहरूले पूर्णता पाउनुका साथै प्रियजनसँग भेट हुनेछ । आतिथ्यपूर्ण सम्मानका साथ महत्वपूर्ण जिम्मेवारीप्राप्तिको योग रहेको छ । दाम, इनाम र प्रतिष्ठा मिल्नेछ । प्रशंसकहरू थपिएर जानेछन् । काममा पनि उत्साह थपिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सभासमारोहमा सहभागी बन्ने मौका मिल्नेछ । आम्दानीका मार्ग खुला रहनेछन् । महत्वपूर्ण काम बन्न सक्छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । बुधबारपछि घरमा मांगलिक कृत्य सम्पादन गर्ने समयसमेत देखिएको छ । साताको अन्त्यमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । खर्चको मात्रा बढ्ला । प्रियजनसँग भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । साताको अन्त्यमा लामो समयपछि चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । प्रतिस्पर्धीलाई उछिन्ने मौका छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउँदा शुभ हुनेछ । बुधबारपछि व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । सप्ताहान्तमा साथीहरूसँग मनोरञ्जन गर्ने अवसर जुर्नेछ । स्थितिमा सुधार आउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने मौका छ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् । बुधबारपछि परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धार्मिक र सामाजिक काममा जुट्नुपर्नेछ । सुनचाँदीजस्ता धातुको कारोबारबाट धेरथोर लाभ मिल्नेछ । बिहीबारपछि सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने र महत्वपूर्ण जिम्मेवारीका साथ नयाँ कार्यको थालनी हुनेछ । सवारीसाधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा भने अलि कम मात्र फाइदा होला । तापनि, प्रशस्त धनआर्जन गर्ने मौका छ । विनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । मानसिक एवं बौद्धिक क्षमता कमी आउनेछ । नजिकैका मान सम्मान र प्रतिष्ठा बढ्नेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना रहेको छ ।