विश्वकप चलिरहँदा नेपाली फुटबल निलम्बनमा
फिफाले अमेरिका, मेक्सिको र क्यानडामा विश्वकप २०२६ चलिरहँदा नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । बिहीबार बिहान फिफाले पछिल्लो घटनाक्रमपछि अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ । फिफाले निलम्बन गर्नुको कारण तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भनेको छ ।
फिफाको निलम्बनसँगै नेपालले पाउँदै आएको अनुदान रोकिनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय फुटबलहरू नेपालले खेल्न पाउँदैन । पछिल्लो समय जिल्ला र प्रदेश तहगत निर्वाचन नभएपछि एन्फाको विवाद सतहमा आएको थियो । त्यसपछि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बारम्बार एन्फालाई देशको कानुनअनुसार अगाडि बढ्न निर्देशन दिए पनि एन्फा नेतृत्वले अटेरी गरेको थियो ।
१८ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
दर्ता नगरी सञ्चालन गरेको आरोपमा शैक्षिक परामर्शदर्ता संस्था (कन्सल्टेन्सी)का १८ सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षा मन्त्रालयको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो तीन दिनमा १८ जनालाई पक्राउ गरेको हो।
काठमाडौंमा १६ जना तथा ललितपुर र भक्तपुरमा २–२ जनालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले बताए।
होल्डिङ सेन्टरबाट सुकुमवासीले भने– हामी जाने ठाउँ देखाइयोस्, जान तयार छौँ
काठमाडौं उपत्यकाका नदीकिनार क्षेत्रबाट हटाइएका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको माग गरेका छन्। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले स्थायी बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली नगराउन पनि माग गरेका छन्।
‘बसोबास गरिरहेको ठाउँबाट नेपाल सरकारले जबर्जस्ती उठाएर यस होल्डिङ सेन्टरमा राखेको पनि दुई महिना बितिसक्यो। यहाँ बस्नलाई स्थान त दियो, तर खान र अन्य सुविधा भने कठिन छ। बालबालिकाको पढाइ अन्योलमा छ,’ बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्।
मनसुनजन्य विपत् सामना गर्न एपिएफको विशेष तयारी, २१ हजारभन्दा बढी जनशक्ति परिचालनमा
मनसुनजन्य विपत् तथा प्राकृतिक प्रकोपको प्रभावकारी सामना गर्न सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले देशभर विशेष तयारी गरेको जनाएको छ। एपिएफका प्रवक्ता तथा सूचना अधिकारी डिआइजी नेत्रबहादुर कार्कीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०८३ अनुसार जनशक्ति, उद्धार सामग्री, सवारीसाधन तथा विशेष उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन्।
रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेलाई
रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत स्वर्णिम वाग्लेले पाएका छन् । वाग्लेले खुलातर्फ २६०७ मत प्राप्त गरेका छन् भने प्रवासबाट ४९ मत गरी २६५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो धेरै मत कानुनमन्त्री समेत रहेकी नेतृ सोबिता गौतमले प्राप्त गरेकी छिन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार, गौतमले २५९४ मत प्राप्त गरेकी छिन् । उनले प्राप्त गरेको यो मत खुलातर्फको हो । प्रवासको तर्फबाट प्राप्त मत पनि यसमा जोडिन्छ ।
एन्फा निलम्बनपछि खेलाडीको असन्तुष्टि, नेतृत्वलाई व्यंग्यात्मक ‘धन्यवाद’
एन्फा निलम्बनपछि फुटबल खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालयमा नेतृत्वविरुद्ध विरोध जनाउँदै असन्तुष्टि पोखेका छन्। फुटबल खेलाडी संघको नेतृत्वमा गरिएको कार्यक्रममा उनीहरूले एन्फालाई निलम्बन गराउन सफल भएकोमा नेतृत्वलाई व्यंग्यात्मक शैलीमा धन्यवाद दिएर मुख्यालयको द्वारमा प्लेकार्ड झुन्डाएका हुन्।
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनमा ७६ प्रतिशत मत खस्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा ७६ प्रतिशतभन्दा धेरै मत खसेको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल तीन हजार ८४९ मतदातामध्ये दुई हजार ९५९ जनाले मतदान गरेका छन्। प्रतिशतमा यो ७६.८० हो।
झुटो विवरणमा नागरिकता सिफारिस गरेको आरोपमा रंगेलीका वडाध्यक्ष र सदस्य पक्राउ
झुटो विवरणका आधारमा नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेलीमा वडाध्यक्ष र वडासदस्य पक्राउ परेका छन्। रंगेली नगरपालिका– ५ का वडाध्यक्ष महानन्द मण्डल (५५ वर्ष) र वडासदस्य गणेश रिषदेव (४६ वर्ष)लाई झुटो नागरिकता सिफारिसको आरोपमा बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो।
कहाँ पुग्यो निजामती ऐनको तयारी ?
सरकारले संघीय निजामती सेवा ऐन जारी गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । वर्तमान सरकारले गठनको प्रारम्भमै ल्याएको सुधारका सयबुँदे कार्यसूची, नीति तथा कार्यक्रम र बजेटसम्मले शीघ्र निजामती सेवा ऐन जारी गर्ने उल्लेख गरेका छन् । चालू आर्थिक वर्षभित्रै ऐन जारी गर्ने तयारीमा सरकार थियो ।
अहिलेकै अवस्थामा विधेयकको प्रक्रियाबाट असारभित्र ऐन जारी गर्न मुस्किल देखिन्छ । यहीबिचमा अध्यादेशबाट ऐन ल्याउने विषय पनि यदाकदा चर्चामा भए पनि सरकारले यसलाई खण्डन गर्दै आएको छ ।
लुम्बिनीको बजेटमा लफडा, आज पनि बस्न सकेन प्रदेश सभा बैठक
लुम्बिनीमा सत्तापक्षकै ‘सांसद’हरू बजेटको विरोधमा उत्रिएपछि आज पनि प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ। हिजो बैठक सुरु भएलगत्तै सत्तापक्षका केही सांसदसहित प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेको थिएन । हिजो सूचना जारी गरेर आज बस्ने गरी तय गरिएकोमा आज पुन: सूचना जारी गरेर भोलिसम्मका लागि स्थगित गरिएको छ ।