रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मतदान सम्पन्न

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। बिहीबार बिहानदेखि सुरु भएको मतदान केहीबेरअघि सकिएको हो।

रास्वपाले महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन गराएको थियो। निर्वाचन समितिका अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

गत असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी महाधिवेशनमा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। त्यसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सदस्य सभापति रवि लामिछानेले मनोनयन गर्ने व्यवस्था छ। साथै, सातै प्रदेशका सभापतिहरू स्वतः केन्द्रीय सदस्य रहनेछन्।

केन्द्रीय सदस्यको मतदान सम्पन्न भएसँगै अब पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ। निर्वाचन समितिले मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ।

सुझावित समाचार