४० ग्राम ५९० मिलिग्राम खैरो हेरोइनसहित १० जना पक्राउ

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

प्रहरीले धनगढीका विभिन्न स्थानबाट ४० ग्राम ५९० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरू र लागुऔषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार  सञ्चालन गरेकाे विशेष अभियानका क्रममा विभिन्न स्थानबाट उक्त परिमाणको खैरो हेरोइन बरामद गरेकाे हो। पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले पक्राउ परेका व्यक्तिहरू तथा बरामद लागुऔषधबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। प्रहरीले जिल्लामा लागुऔषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

सुझावित समाचार