पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको जारी चुनावमा ३५९ मत खसेको छ। देशभरका १५ सय १३ पेट्रोलपम्प सञ्चालकमार्फत ३७० प्रतिनिधि भोट हाल्न काठमाडौं आएका थिए। तर, त्यसमध्ये ११ जनाले भोट नखसालेको निर्वाचन समितिले जनाएको छ।
मतदानलगत्तै अहिले मत गणनासमेत सुरु भएको निर्वाचनस्थलमा रहेका अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोखरेलले जानकारी दिए। अध्यक्ष पदमा वर्तमान कार्यसमितिका महासचिव विश्व अर्याल र एसोसिएसनमातहतको नारायणी बिक्रेता संघको अध्यक्ष रहेका उत्सव इटेनीले उम्मेदवारी दिएका छन्।
पदाधिकारीतर्फ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र प्रथम उपाध्यक्षमा मात्रै निर्वाचन भएको हो। अन्य पदाधिकारी सर्वसम्मत भइसकेका छन्। त्यस्तै, १२ जना केन्द्रीय सदस्य रहने भए पनि १४ जनाले उम्मेदवारी दिएपछि केन्द्रीय सदस्यमा पनि निर्वाचन भएको छ।