रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, गाडी आयात गर्ने कम्पनीहरू छानबिनमा

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

भन्सार विभागले रसुवा भन्सारका तत्कालीन प्रमुख तुलसीप्रसाद भट्टराईसहित १३ कर्मचारीलाई निलम्बन गरेको छ। भन्सारमा गाडी नै ढुवानी नभई जाँचपास गरेको देखिएपछि कर्मचारीलाई निलम्बन गरेको थियो। 

सो सूचना पाएलगत्तै अर्थ मन्त्रालयले छानबिन टोली गठन गरी खटाएको थियो। समितिको स्थलगत प्रतिवेदनका आधारमा कर्मचारीलाई निलम्बन गरिएको छ र गाडी आयात गर्ने पाँच कम्पनी र तीन भन्सार एजेन्टमाथि कारबाही गर्न रसुवा भन्सार कार्यालयलाई निर्देशन दिइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सुझावित समाचार