सुनको मूल्य एकैदिन १० हजार पाँच सय रुपैयाँले घट्यो

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १० हजार पाँच सय रुपैयाँले घटेर तोलामा दुई लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ६४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार भने चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

सुझावित समाचार