अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्यान्ड ब्यागेज जाँच क्षेत्रमा विदेशी मुद्रा बोकेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीका ४० वर्षीय बेचन मियाँ तथा ५१ वर्षीय चिनियाँ नागरिक यो युलङ रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले मंगलबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले कतारतर्फ जान लागेको उडानमा सवार हुन लागेका बेचन मियाँको साथबाट ४२ हजार चार सय कतारी रियाल बरामद गरेको जनाएको छ।

त्यसैगरी चीनतर्फ प्रस्थान गर्न लागेका चिनियाँ नागरिक युलङको साथबाट सात हजार पाँच सय अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ। बरामद विदेशी मुद्रासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार