रास्वपा कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का निर्वाचित

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण
  • रास्वपाको कर्णाली प्रदेश सभापतिमा २८८ मतसहित मदन खड्का विजयी भए भने खड्काका प्रतिद्वन्द्वीहरू स्नेहा उपाध्याय नेपालले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का निर्वाचित भएका छन् । यसअघि सभापति रहेका खड्का पुनः मतदानबाट निर्वाचित भएका हुन् । खड्का २८८ मतसहित सभापतिमा विजयी भए।

खड्काका प्रतिद्वन्द्वीहरू स्नेहा उपाध्याय नेपालले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरे । अधिवेशनमा ५३० प्रतिनिधिले सहभागिता जनाएकोमा चार सय जनाले मतदानमा भाग लिएका थिए । तीनजना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

सोमबारदेखि सुरु भएको रास्वपाको प्रथम अधिवेशनमा सोमबार साँझसम्म नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि मंगलबार बिहान मतदान गरिएको थियो । मंगलबार राति आएको चुनावी परिमाणले खड्का पुनः सभापतिमा विजयी भएका हुन् ।

सुरुमा सभापतिका लागि पाँचजना आकांक्षी भए पनि तीनजनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए । अन्य पदहरूमा मतगणना जारी छ।

सुझावित समाचार