सम्पत्ति शुद्धीकरणको कसुरमा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालको थुनछेक बहस सुरु भएको छ। सोमबार बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो।
बिहीबार उनीविरुद्ध विशेष सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। भट्टलाई २६ अर्ब तथा अग्रवाललाई २५ अर्ब बिगो कायम गरी मुद्दा दायर भएको हो।
शुक्रबारदेखि बयान सुरु भएकोमा सोमबार सकिएको थियो। तर, ठुलो संख्यामा उनीहरूले कानुन व्यवसायी राखेपछि थुनछेक बहस लम्बिएको विशेष अदालतका एक अधिकारीले बताए। मंगलबार पनि हेर्दाहेर्देमा राखेर बुधबारका लगि निरन्तरता दिएको छ। भट्ट र अग्रवाल साढे दुई महिनादेखि थुनामा छन्। थुनछेक बहस सकिएपछि अदाललते उनीहरूलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ।
उनीहरूविरुद्ध बिमा, धितोपत्र तथा बैंकिङ कसुरका अन्य मुद्दा पनि दायर भइसकेको छ।
भट्टले शंकर समूहसँग मिलेर अहिलेसम्मकै ठुलो वित्तीय अपराध गरेको सरकारका विभिन्न निकायको छानबिनमा खुलेको थियो।