मटिहानी नगरपालिकाको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १० दिने आधारभूत तालिम दिइएको छ ।
आइतबार तालिमको समापन गर्दै नगरप्रमुख हरिप्रसाद मण्डलले तालिममा सिकेको कुराहरू कार्यान्वयनमा ल्याउन भन्दै प्रशिक्षित स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमाणपत्र हस्तान्तरण गरे। उक्त तालिममा मटिहानी नगरपालिकाका २४ जना महिला स्वास्थ्य स्वयंसेविका सहभागी थिए ।
समापन सभालाई सम्बोधन गर्दै नगरप्रमुख मण्डलले पालिकामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यस्ता तालिमले थप बल पुगेको बताए ।