दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरणबारे सरकारसँग जवाफ माग

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको भनिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले भारतीय सेनाको हेलिकोप्टर दार्चुलामा अवतरण गरेको र त्यसमा भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने समाचार सार्वजनिक भएकाले यस विषयमा सरकारको आधिकारिक धारणा आवश्यक रहेको बताए।

उनले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने माग पनि गरे।

दुलालले प्रधानमन्त्रीले सार्वजनिक बिदासमेत मनाइसकेकाले अब जनताका जल्दाबल्दा विषयमा सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

सुझावित समाचार