ललितपुरमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका– १३, थसिखेल चोकस्थित सडकमा बा.प्र ०३– ००१ ख १७६८ नम्बरको ट्रकले बा.प्र ०२–०५४ प ३०९३ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थली बस्ने २३ वर्षीया सोनु गडालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकचालकलाई नियन्त्रण लिएर कारबाही प्रक्रिया अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।