नेकपा (एमाले) को ‘संविधान पुनरवलोकन तथा सुझाव कार्यदल’को बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा संविधान पुनरवलोकनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरी सुझाव संकलन गर्ने कार्यसूची रहेको छ।
कार्यदलको संयोजकमा उपाध्यक्ष विष्णु पौडेल रहेका छन्। कार्यदलका सदस्यहरूमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा तथा डा. राजेन्द्र घिमिरे रहेका छन्।
एमालेले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती, सुधारका सम्भावित क्षेत्र तथा समसामयिक राजनीतिक सन्दर्भलाई ध्यानमा राखेर सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यदल गठन गरेको हो। बैठकले आगामी दिनमा पार्टीले लिने धारणा तथा सुझावलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।