प्रधानमन्त्रीले ठुलो ऐतिहासिक भुल गरेँ भन्ने स्वीकार गरे संसद् चल्छ : एमाले

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण
प्रधानमन्त्रीले ठुलो ऐतिहासिक भुल गरेँ भन्ने स्वीकार गरे संसद् चल्छ : एमाले

फाइल तस्बिर

एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री बालेन्द्र शाहले रोस्ट्रममा उभिएर आफ्नो गल्ती स्वीकार गरे संसद् सहज रूपमा अघि बढ्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भने, ‘यो रोस्ट्रममा आएर मैले जे बोलेेँ त्यो इतिहासको तथ्यसँग मेल खाँदैन, यो मेरो ठुलो ऐतिहासिक भुल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।’

थापाले प्रधानमन्त्रीको अभिव्यक्ति हटाउने रुलिङलाई संसद् चलाउने अर्को विकल्पका रूपमा अघि सारे। ‘सम्माननीय सभामुखले प्रधानमन्त्रीले बोलेका तथ्यहीन वक्तव्यलाई संसद्को अभिलेखबाट हटाउने रुलिङ गर्नभयो भने समाधान हुन्छ,’ उनले भने।

सुझावित समाचार