एन्फा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप २०२६ मा सहभागी हुन रोक लगाएको छ । राखेपले गत वैशाखमा विनासर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । राखेपले नेपालको फुटबल विवादलाई निकास दिलाउनका लागि फिफा र एएफसीको दबाबमा एन्फामाथिको निलम्बन फुकुवा गरेको थियो । 

प्रतिबन्ध फुकुवा भएपछि एन्फाका पदाधिकारीले आसन्न फिफा विश्वकपका लागि प्रक्रिया अगाडि बढाएका थिए । निलम्बनको समयमा राखेपले नै एन्फाका पदाधिकारीलाई वैदेशिक भ्रमण रोक्न गत १२ वैशाखमा अध्यागमन विभाग र गृह मन्त्रालयलाई नै पत्र पठाएको थियो ।

तीन दिनपछि अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने विश्वकप हेर्न एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन विमानस्थलको अध्यागमन विभागले रोकेको एन्फा स्रोतले बताएका छन् । अध्यागमनले राखेपबाट विदेश भ्रमणको फुकुवा गर्ने पत्र नआएको पदाधिकारीलाई रोकेको एन्फा स्रोतले बताए ।

विमानस्थलबाट बाध्य भएर फर्केका नेम्वाङ र राई राखेप पुगेका थिए । तर, राखेपका सदस्यसचिव रामचरित्र मेहताले उनीहरूको विदेश जान रोक लगाए । उनले जिल्ला र प्रदेशसहित तहगत निर्वाचन गर्नुपर्ने निर्देशन अटेरी गरेको भन्दै राजीनामा दिएर मात्रै विदेश जान सक्ने बताए । 

एन्फाका अध्यक्ष र महासचिवसँगै पदाधिकारीलाई फिफाले ठुला प्रतियोगिताको उद्घाटन र समापनसत्रमा आतिथ्य दिने गरेको छ । सोहीअनुसार नेम्वाङ र राई मेक्सिको जाने तयारीमा थिए । उनीहरूसँगै एन्फाका २१ पदाधिकारी, सिइओ, प्रवक्ता, सहमहासचिवलाई पनि राखेपले कालोसूचीमा राखेको छ । 

See More On

सुझावित समाचार