नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता : सीमापार मोबाइलबाटै रकम ‘ट्रान्सफर’

परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा समकक्षी एस. जयशंकरसँग गरेको सम्झौतापछि सिमापार डिजिटल भुक्तानी प्रणाली कार्यान्वयन नेपालबाट भारतमा दैनिक १५ हजार र मासिक एक लाख भारुसम्म पठाउन सकिने, भारतबाट नेपालमा भने दैनिक २ लाख भारुसम्म पठाउन मिल्ने

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल र भारतबिच सिमापार डिजिटल भुक्तानी (क्रसबोर्डर अनलाइन पेमेन्ट) सेवालाई विस्तार गरिएको छ । यो सहमतिसँगै अब दुवै देशका नागरिकलाई एक–अर्काको देशमा पैसा पठाउन र मोबाइलबाटै भुक्तानी गर्न निकै सजिलो भएको छ ।
शनिबार नयाँदिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबिच भएको उच्चस्तरीय बैठकमा यो सहमति जुटेको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबिच यसअघि नै भएको साझेदारीलाई दुई देशका परराष्ट्रमन्त्रीको बैठकले पूर्णता दिएको हो ।भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीअनुसार दुवै देशका नागरिकले व्यक्ति–व्यक्तिबिच खातामा पैसा पठाउन पाउने व्यवस्था गरिएको हो । 

उनले भने, ‘अहिलेसम्म यस्तो कारोबार सीमित रूपमा हुँदै आइरहेको थियो । तर, व्यक्ति–व्यक्तिबिच सहजै कारोबार हुने भएको हो । दैनिक १५ हजार भारतीय रुपैयाँ र महिनाको एक लाख भारुसम्म क्रस बोर्डर कारोबारको व्यवस्था गरिएको छ । आगामी दिनमा व्यक्तिले बैंक खातामा पैसा पठाउनेलगायतका अरू भुक्तानीका आयामहरू विस्तार हुँदै जानेछन् ।’

यो सम्झौतापछि नेपालीले पनि भारतमा भुक्तानी गर्न पाउने बाटो खुलेको छ । सन् २०२३ को सम्झौताअनुसार अहिलेसम्म भारतीय पर्यटकले मात्र नेपालमा क्युआर कोड स्क्यान गरेर पैसा तिर्न पाउँथे । अब नयाँ सहमतिअनुसार नेपाली नागरिकले पनि भारत जाँदा आफ्नो मोबाइल बैंकिङ वा डिजिटल वालेट प्रयोग गरेर भारतमा सामान खरिद गर्दा पैसा तिर्न वा नेपालमा पैसा पठाउन सक्नेछन् ।

भारतको भुक्तानी प्रणाली (युपिआई) र नेपालको प्रणाली (एनपिआई) एक–आपसमा जोडिने भएकाले सर्वसाधारणले घरमै बसेर सुरक्षित र सजिलो तरिकाले फरक देशमा पैसा पठाउन र पाउन सक्ने अवस्था लागू गरिएको हो । बैठकमा डिजिटल प्रविधिको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का क्षेत्रमा पनि सहकार्य गर्ने निर्णय भएको छ । भारतले नेपालको एआई प्लाटफर्म विकासका लागि प्राविधिक सहयोग गर्नेछ ।

दुवै देशका नागरिकले सहजै पैसा पठाउन पाउने व्यवस्था गरिएको हो
 निश्चल अधिकारी, कार्यकारी निर्देशक, राष्ट्र बैंक

दुवै देशका नागरिकले व्यक्ति–व्यक्तिबिच खातामा पैसा पठाउन पाउने व्यवस्था गरिएको हो । अहिलेसम्म यस्तो कारोबार सीमित रूपमा हुँदै आइरहेको थियो । तर, व्यक्ति व्यक्तिबिच सहजै कारोबार हुने भएको हो । दैनिक १५ हजार भारतीय रुपैयाँ र महिनाको एक लाख भारुसम्म क्रसबोर्डर कारोबारको व्यवस्था गरिएको छ ।

आगामी दिनमा व्यक्तिले बैंक खातामा पैसा पठाउनेलगायतका अरू भुक्तानीका आयाम विस्तार हुँदै जानेछन् । यो सम्झौतापछि नेपालीले पनि भारतमा भुक्तानी गर्न पाउने बाटो खुलेको छ । यसअघिको सम्झौताअनुसार अहिलेसम्म भारतीय पर्यटकले मात्र नेपालमा क्युआर कोड स्क्यान गरेर पैसा तिर्न पाउँथे । अब नयाँ सहमतिअनुसार नेपाली नागरिकले पनि भारत जाँदा आफ्नो मोबाइल बैंकिङ वा डिजिटल वालेट प्रयोग गरेर भारतमा सामान खरिद गर्दा पैसा तिर्न वा नेपालमा पैसा पठाउन सक्नेछन् ।

क्रसबोर्डर रेमिट्यान्स सुरु गरेको नबिल बैंककासिइओ मनोजकुमार ज्ञवाली भन्छन्– सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो  यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । यस सेवाअन्तर्गत नेपालमा बस्दै आएका भारतीय नागरिकहरूले नबिल बैंकमा खाता खोलेको खण्डमा नेपालबाटै मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।

 नेपाली बैंकहरूले थाले क्रसबोर्डर पिटुपी
नेपालका वाणिज्य बैंकहरूले नेपाल–भारत–नेपाल क्रसबोर्डर पर्सन–टु–पर्सन (पिटुपी) रेमिट्यान्स सेवा सुरु गरेका छन् । सबैभन्दा सुरुमा नबिल बैंकले थालेको यो सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबिच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्ने जनाएको छ ।

यस सेवाअन्तर्गत नेपालमा बस्दै आएका भारतीय नागरिकहरूले नबिल बैंकमा खाता खोलेको खण्डमा नेपालबाटै मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् । त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरूलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो । ‘यो सेवा सिमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाख सम्म पठाउन सक्ने बैंकले जनाएको छ । त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भारु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुनेछैन ।

अन्तरदेशीय कारोबारमा उल्लेख्य वृद्धि

०८१ चैतमा कारोबार संख्या १ लाख १ हजार २८३, ०८२ चैतमा २ लाख ८२ हजार ८४४, ०८१ चैतमा कुल कारोबार २५ करोड २० लाख, ०८२ चैतमा बढेर ७१ करोड ४० लाख 
राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरदेशीय क्युआर एक्वायरिङको कारोबार संख्या र रकम दुवैमा निरन्तर उल्लेख्य वृद्धि भइरहेको छ । ०८१ चैतमा कारोबार संख्या १ लाख १ हजार २ सय ८३ रहेकोमा ०८२ असारमा बढेर १ लाख ५५ हजार ३ सय ४ पुगेको थियो । गत चैत महिनामा अन्तरदेशीय क्युआर झन् बढेर २ लाख ८२ हजार ८ सय ४४ पुगेको छ ।

कारोबार संख्यासँगै कुल कारोबार रकम पनि वृद्धि भएको छ । ०८१ चैतमा कुल २५ करोड २० लाख रुपैयाँको कारोबार भएकोमा ०८२ असारमा बढेर ४४ करोड ७० लाख रुपैयाँ पुगेको थियो । त्यसैगरी, ०८२ फागुनमा ५५ करोड रुपैयाँ र ०८२ चैतमा झन् बढेर ७१ करोड ४० लाख रुपैयाँ पुगेको छ । नेपालीले पनि भारतमा क्रसबोर्डर भुक्तानी गर्न पाउने भएपछि कारोबारको आकार थप बढ्नेछ । 

सुझावित समाचार