मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बा ९७६८ नम्बरको बोलेरो ठोक्किँदा बोलेरोका चालकसहित दुवै सवारीसाधनमा सवार यात्रुहरू घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ। सबै घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धानका लागि सुमोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घाइतेहरूको विस्तृत विवरण भने खुल्न बाँकी रहेको छ।