सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सीमाको विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिको आशय परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको बताएका छन्।
भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्केका सभापति लामिछानेले विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन्।
परराष्ट्र मामिला र विदेश नीतिजस्ता विषय दलअनुसार फरक नहुने बताउँदै उनले भने, ‘जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीका विषयमा, त्यसको वास्तविकता हाम्रो भनाइ यो हो भनेर (परराष्ट्रले) आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता कुर्नुपर्ने म देख्दिनँ।’