नेपालस्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायका प्रतिनिधिहरूले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग औपचारिक भेटघाट गरेका छन्।
शुक्रबार मन्त्रालयमा भएको भेटमा विद्युतीय शासन, साइबर अपराध नियन्त्रण, मिडिया क्षेत्र सुधार, पत्रकार सुरक्षा, सूचना प्रविधि तथा सेवा प्रवाह सुधारलगायतका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।